सप्तरी जाने सर्लाहीको महिला क्रिकेट टिमलाई मंगलबार दिउँसो बिदाई गर्ने क्रममा प्रदेश स्तरीय क्रिकेट संघका सदस्य निरोज कार्की लगायत । (तस्बिर : उज्यालो अभियान)




हरिवन – प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा छनौट हुन भएको प्रदेश स्तरीय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत सर्लाहीले सप्तरीलाई पराजित गरेको छ ।

प्रतियोगिता अन्तर्गत तेश्रो दिन विहिबारको खेलमा सर्लाहीले सप्तरीलाई ६९ रनले पराजित गरेको हो । राजविराज स्थित रंगशालामा भएको पहिलो खेलमा सर्लाहीले टस जितेर पहिले ब्याटिङ मा उत्रिएको थियो । निर्धारित २० ओभरको खेलमा १५ ओभरमा ५ विकेटको क्ष्ँति व्यहोर्दै सर्लाहीले २१५ रन जोडेको थियो । सर्लाहिका लागि मेलिना रायमाझीले ५९ बलमा १२ चौक्का सहित अविजित ७८ रनको योगदान दिएकी थिईन् भने श्रेया थापा १९ रन बटुलिन् ।
वलिङ तर्फ सप्तरीका नविता चौधरीले ३ सिता चौधरीले १ विकेट लिएकी थिईन् । सप्तरीले निर्धारित समय भन्दा ढिलो ओभररेटका कारण स्थानीय अवस्थालाई आधार मानी प्रति ओभर १० रनका दरले कुल ५० रन पेनाल्टी बापत दिएका थिए ।
२१६ रनको लक्ष्य सहित मैदानमा उत्रिएको सप्तरीले १६ ओभरमा ९ विकेट गुमाउँदै १४६ रन मात्र बनाउन सक्यो । सप्तरीको तफैबाट नविता चौधरीले ११ बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
वलिङ तर्फ सर्लाहीकी दुर्गा कार्की र दिया बिकले २–२ विकेट तथा मिनिका कुमारी साह, यमुना श्रेष्ठ र सरला श्रेष्ठले १–१ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच उत्कृष्ट ब्याटिङ गरे वापत सर्लाहीकी मेलिना रायमाझी घोषित भईन् । बुधबार बारासँग भएको खेलमा भने सर्लाहीको टिम पराजित भएको थियो ।
प्रतियोगिता अन्तर्गत आज (शुक्रबार दिउँसो सिरहा र सर्लाही बिच खेल भईरहेको प्रदेश दुई स्तरीय क्रिकेट संघका सदस्य निरोज कार्कीले जानकारी दिए ।