logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

मलंगवामा आगलागी, तीन लाख बढीको क्षति


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर

मलंगवा – सर्लाही सदरमुकाम मलंगवा नगरपालिका-१२ गणेशियामा सोमवार राती (गएराती) आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

घुरबाट सल्किएको आगोले स्थानीय मखन प्रसाद यादवको गोठ पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । राती पौने १२ बजेतिर भएको आगलागी प्रहरी, स्थानीय र मलंगवा नगरपालिकाको दमकलको सहयोगमा करिव आधा घण्टापछि निभाइएको थियो ।

आगलागीबाट गोठ र परालको टाल जल्नुका साथै दुई वटा बाख्रा र एउटा पाडो जलेर मरेका छन् । दुईवटा भैँसी आगोले जलेर घाईते भएका छन् । आगलागीबाट तीन लाख ५ हजार रुपैयाँ बराबरको क्षति भएको पीडितले प्रहरीसँग बताएका छन् ।