पार्टी कार्यालयमा उपस्थित नेताहरु । (तस्बिर : उज्यालो अभियान)




हरिवन – नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले मंगलबार सर्लाहीका कांग्रेस एवं विद्यार्थी नेताहरुसँग अन्तरक्रिया गरेका छन् ।

तिमल्सिनाले वर्तमान राजनैतिक परिवेश तथा नेविसंघको आगामी भूमिका विषयमा सर्लाही नेविसंघका नेतासँग अन्तरक्रिया गरेका हुन् । कांग्रेस हरिवन नगर समितिको कार्यालयमा भएको कार्यक्रममा संघका पूर्व केन्द्रीय सदस्य लबराजा सिंह, कांग्रेस जिल्ला सहसचिव डोरप्रसाद भट्टराई, हरिवनका सभापति रामशरण उप्रेती, महाधिवेशन प्रतिनिधि सोनी बम्जन, बागमतीमा कांग्रेसका मेयरका प्रत्यासी कृष्ण रायमाझी, विद्यार्थी नेताहरु निरमुनी मैनाली, रघु कार्की, योगराज देवकोटा, मनिष रायमाझी, विकास चिमोरिया लगायतको उपस्थिती रहेको थियो ।
सरकार अधिनायकवाद उन्मुख भएकाले अब विद्यार्थीहरुले आन्दोलनको आँधीबेहरी ल्याउनुपर्ने नेविसंघका नेताहरुले धारणा राखेको नेपाल विद्यार्थी संघ सर्लाहीका पूर्व अध्यक्ष निरमुनी मैनालीले जानकारी दिए ।