logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

तिम्ल्याहा शिशु घरमै जन्माएकी पवनको सालनाल भने बर्थिङ सेन्टरमा खस्यो


  • उज्यालो अभियान

पवनले जन्माएकी तिम्ल्याहा शिशु ।

मलंगवा – सर्लाहीको चन्द्रनगर गाउँपालिकामा एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छिन् ।

चन्द्रनगर गाउँपालिका–६ लोदवा गाउँकी २६ वर्षीया पवन माझी मुसहरले तिम्ल्याहा शिशुलाई जन्म दिएकी हुन् । यसअघि एउटी छोरी रहेकी पवनले यो पटक दुई किलो, एक किलो नौ सय ग्राम र एक किलो पाँच सय ग्राम तौलका तीनवटी छोरी जन्माएको चन्द्रनगर बर्थिङ सेन्टरकी अनमी सरिता श्रेष्ठले जानकारी दिईन् ।

श्रेष्ठका अनुसार पवनले तिम्ल्याहा छोरी घरमै जन्माएपनि सालनाल भने बर्थिङ सेन्टरमा आएपछि खसेको हो । सालनाल खस्न ढिला भएपछि परिवारका सदस्यले उनलाई बर्थिङ सेन्टरमा ल्याएका थिए । शिशु जन्मिँदा सामान्यतया : दुई किलो ५ सय ग्राम अर्थात अढाई किलो हुनुपर्छ । तर पवनले जन्माएको तीनवटै बच्चा दुईकिलो भन्दा कमका छन् ।

तीनवटै शिशु र बच्चाको अवस्था सामान्य नै रहेकाले बर्थिङ सेन्टरबाट घर पठाइएको अर्की अनमी जुनु चौधरीले बताईन् । तौल अत्यन्त कम रहेका र उनीहरुलाई जन्माउने आमालाई पर्याप्त पोषण खानेकुराका साथै न्यानो आवश्यक रहेपनि परिवारको आर्थिक अवस्था नाजुक पाइएको श्रेष्ठले बताईन् ।