प्रतिकात्मक तस्बिर
हरिवन – सर्लाहीको हरिवन बजारमा चार जना व्यापारीले कपडा राखेको गोदाममा आगलागी हुँदा झण्डै एक करोड रुपैयाँ बराबरको क्षति भएको छ ।


हरिवन नगरपालिका वडा नं.–११ स्थित बजारमा रहेको कमल कार्कीको एक तले पक्की घरमा महेश साहले सञ्चालन गरेको कपडा पसल र गोदाम तथा सोही घरमा कैलाश साह, सञ्जय साह र सुनिल साहले कपडा राखेको गोदाममा आगलागी भएको हो ।


आइतवार राती १२ बजेर ४० मिनेटतिर सुरु भएको आगलागी स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा बिहान सबा २ बजेतिर नियन्त्रणमा आएको थियो । आगलागीको कारण खुल्न सकेको छैन् । राती आगो निभाउन ब्यस्त भएकाले अब अहिले बिहान आगलागीबारे थप अनुसन्धान गरिने हरिवनका प्रहरी निरीक्षक अवधेश कुमार यादवले बताए ।
आगलागीबाट ठूलो क्षति भएपछि व्यापारीहरु चिन्तित बनेका छन् ।
