logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

जनज्योति भूतपूर्व विद्यार्थी समाजद्वारा विद्यालयलाई शैक्षिक सामग्री प्रदान


  • उज्यालो अभियान

शैक्षिक सामग्री प्रदान गर्न पुगेका पूर्व विद्यार्थीसँगै विद्यालयका व्यवस्थापन समिति पदाधिकारी र शिक्षक । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको लालबन्दीमा रहेको जनज्योति माध्यमिक विद्यालयलाई सोमवार पूर्व विद्यार्थीहरुले शैक्षिक सामग्री प्रदान गरेका छन् ।

जनज्योति भूतपूर्व विद्यार्थी समाज नेपालले आर्थिक अवस्था कमजोर भएका जेहेन्दार र दलित विद्यार्थीहरुलाई वितरणका गर्नका लागि शैक्षिक सामग्री प्रदान गरेको हो । विद्यालयलाई ४५ थान झोला, २७० थान कापी र २७० थान नै बलपेन हस्तान्तरण गरिएको विद्यालयका पूर्व विद्यार्थी एवं जनज्योति भूतपूर्व विद्यार्थी समाज नेपालका सदस्य राजकुमार न्यौपानेले जानकारी दिए ।

सो समाजका अध्यक्ष कृष्ण भण्डारी, सल्लाहकार समितिका संयोजक प्रशान्त आचार्य, उपाध्यक्ष सरिता कटुवाल लगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर माझी र प्रधानाध्यापक रामनिवास साहलाई सामग्री हस्तान्तरण गरेका हुन् ।