logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

मलंगवामा बहुजन समाज परिषद्को नेतृत्व चयन


  • उज्यालो अभियान

मलंगवा – बहुजन समाज परिषद् नेपालको जिल्ला सदरमुकाम स्थित मलंगवा नगरपालिकामा पनि नेतृत्व चयन भएको छ ।

आईतबार मलंगवामा भएको भेलाले नगर स्तरीय नेतृत्व चयन गरेको बहुजन समाज परिषद् नेपालका राष्ट्रिय प्रभारी राजाराम पासवानले जानकारी दिए । बचेलाल महराको अध्यक्षतामा गठित ३५ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा जसियादेबी मल्लिक, लिलम देबि राम र अबध पसवान, सचिबमा सरिता देबि राम, सह–सचिबमा मन्तोरिया देबि पासवान र कोषाध्यक्षमा सुन्दरी देबि राम चयन भएका छन् । परमेश्वर पासवानको अध्यक्षता रहेको भेलामा बहुजन समाज परिषद् नेपालका राष्ट्रिय संगठन प्रभारी राजराम पासवानको प्रमुख आतिथ्यतामा भेला भएको थियो ।

तत्कालिन राजपाका नेता पासवानले उक्त पार्टी छाडेपछि हाल बहुजन समाज परिषद्को संगठन विस्तार गर्दै हिँडिरहेका छन् । गत असोजमा राष्ट्रिय नेतृत्व चयन गरेको परिषद् नेपालको सर्लाही स्थित कविलासी, ईश्वरपुर, पर्सा लगायत पालिकामा पनि पालिका स्तरीय नेतृत्व चयन भईसकेको छ । संगठन निर्माण विस्तार तथा सुदृढिकरण अभियान अन्तर्गत हरेक पालिकाहरुमा नेतृत्व चयनको कार्यक्रम भईरहेको राष्ट्रिय संगठन प्रभारी पासवानले जानकारी दिए ।