logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बरहथवा मलाहा टोलको विद्यालयमा पक्की भवन


  • उज्यालो अभियान

भवन उद्घाटनपछि मन्तव्य राख्दै बरहथवाका मेयर देवानन्द महतो तथा उपस्थित अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–१ मलाहा टोलमा रहेको बागमती सामुदायिक आधारभूत विद्यालयमा दुई कोठे भवनको उद्घाटन गरिएको छ ।

नगरपालिकाबाट विनियोजित १६ लाख रुपैयाँ लागतमा निर्मित भवनको शनिबार मेयर देवानन्द महतो र संविधान सभासद् हरि उप्रेतीले एक समारोहबीच संयुक्त रुपमा उद्घाटन गरेका हुन् । भवन उद्घाटन कार्यक्रममा वडाध्यक्ष रत्नबहादुर गिरी, नेकपा नेतृ कल्पना कटुवाल, नेपाली कांग्रेसका नेता टीकाजंग रायमाझी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र सहनी, प्रधानाध्यापक महेन्द्र यादव लगायतको उपस्थिति थियो ।

माछा मारेर गुजारा टार्ने मलाहा जातीको बाहुल्यता रहेको बस्तीमा रहेको सो विद्यालयमा झण्डै साँढे तीन सय विद्यार्थी अध्ययनरत रहेका विद्यालयलाई उद्वृत गर्दै बरहथवा नगरपालिकाका कानुनी सल्लाहकार महेश बरालले जानकारी दिए ।