लालबन्दीको सार्वजनिक सुनुवाईका सहभागिहरु । (तस्बिर : सौजन्य लालबन्दी प्रहरी)





लालबन्दी – समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सर्लाहीको लालबन्दीमा शुक्रवार सार्वजनिक सुनुवाई गरिएको छ ।

लालबन्दी नगरपालिका–७, स्थित बजारमा भएको सार्वजनिक सुनुवाईका सहभागीहरुले पूर्व–पश्चिम राजमार्गमा लाग्ने तरकारी बजारको व्यवस्थापन, मनपरी पार्किङ गरिने अटो लगायतका सवारीको निश्चित स्थानमा पार्किङको व्यवस्था, सिसी क्यामेर जडान लगायतका विषयमा जिज्ञाशा राखेका थिए । सहभागीहरुले राखेको जिज्ञाशा एवं यस सम्वन्धमा भए गरेका प्रगतिका विषयमा लालबन्दी नगरपालिका ७ का वडाध्यक्ष सुरेन्द्र कुमार न्यौपाने, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशी, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक केदारमान दोङ, ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक निर्मल थापा लगायतले प्रष्ट्याएका थिए । उनीहरुहरुले कार्यक्रममा सरोकारवालाहरुबाट आएका सल्लाह सुझाव अनुसार अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय हरिवनले हरिवन नगरपालिका कार्यालयसँगको साझेदारीमा गत विहिबार लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतनामूलक समुदाय केन्द्रित अन्तरक्रिया कार्यक्रम गरेको छ । नगरपालिकाको महिला बालबालिका उपशाखासँगको साझेदारीमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुँडाल, नेपाली कांग्रेस हरिवन नगर समिति सभापति रामशरण उप्रेती, नेकपाका नेता विदुर प्याकुरेल, वडाध्यक्षहरु, महिला तथा बालबालिका शाखाका कर्मचारी सहित सामाजिक अगुवा एवं महिला अधिकारकर्मी र विभिन्न विद्यालयका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
पूर्व–पश्चिम राजमार्गमा गुडेका सवारी साधनका मजदुर एवं यात्रुलाई सार्वजनिक स्थल र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुव्र्यबहारका पीडितलाई न्याए एवं पीडकलाई कार्बाहीको दायरामा ल्याउनका लागि सचेतनामूलक पर्चा पम्प्लेट वितरण पश्चात हरिवन नगरपालिकाको नयाँ भवनमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।