शनिबार चयन नेतृत्वसँगै सामुहिक तस्बिर खिचाईँदै । (फाईल तस्बिर : उज्यालो अभियान)




संग्रामपुर – बहुजन समाज परिषद् नेपालको जिल्ला स्थित पर्सा गाउँपालिकामा पनि नेतृत्व चयन भएको छ ।

पर्सा गाउँपालिका–२ संग्रामपुरमा शनिबार भएको भेलाले बिकाउ महराको अध्यक्षतामा २२ सदस्यीय गाउँपालिका स्तरीय नेतृत्व चयन गरेको हो । महराकै अध्यक्षता एवं परिषद्का राष्ट्रिय संगठन प्रभारी राजाराम पसवानको प्रमुख आतिथ्यता रहेको भेलाले उपाध्यक्षमा रुदल मल्लिक, जय नरायन पसवान र रेश्मा देवि राम तथा कोषाध्यक्षमा राम राजी राम र सचिवमा जगरनाथ पासवानलाई चयन गरेको छ ।
तत्कालिन राजपाका नेता पासवानले उक्त पार्टी छाडेपछि हाल बहुजन समाज परिषद्को संगठन विस्तार गर्दै हिँडिरहेका छन् । गत असोजमा राष्ट्रिय नेतृत्व चयन गरेको परिषद् नेपालको सर्लाही स्थित कविलासी, ईश्वरपुर लगायत नगरपालिकामा पनि नगर स्तरीय नेतृत्व चयन गरिसकेको छ ।