logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

जानकीनगरमा विद्यालय भवन शिलान्यास


  • उज्यालो अभियान

जानकीनगर – सर्लाहीको जानकीनगरमा शुक्रवार चार कोठे पक्की विद्यालय भवनको शिलान्यास गरिएको छ ।

हरिपुर नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को बजेटबाट हरिहर जनता आधारभूत विद्यालय हरिपुर–१, जानकीनगरमा बन्न लागेको पक्की भवनको शिलान्यास गरिएको हो । विद्यालय परिसरमा नगरपालिकाले भवन निर्माणका लागि छुट्याएको ४० लाख लागतमा बन्न लागेको चार कोठे भवनको हरिपुर नगरपालिकाकी उपप्रमुख रेणुकादेवि काफ्लेले शिलान्यास गरेकी हुन् ।

शिलान्यास गरिएको पक्की भवनको यही आर्थिक वर्षको मसान्तमा निर्माण कार्य सम्पन्न हुने विद्यालयका प्रधानाध्यापक नागेन्द्र झाले बताए । शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शन्तबहादुर मोक्तान, वडा नं १ का अध्यक्ष कुमार लामा, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।