logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हँसियाले घाँटी रेट्दा महिला सिकिस्त


  • उज्यालो अभियान

सांकेतिक तस्बिर ।

हरिपुर, मंसिर २३ – सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुर कोद्राहमा मंगलवार दिउँसो एक महिलालाई घाँस काट्ने हँसियाले रेटेर गम्भीर घाईते बनाइएको छ ।

घर नजिकै खेतमा घाँस काट्न गएका बेला दुई जना महिला मिलेर स्थानीय ४८ वर्षीया अन्जुम खातुनलाई हँसियाले आक्रमण गरेका हुन् । खातुनको घाँटी रेटिनुका साथै गाला र चिउँडोमा समेत गहिरो चोट लागेको छ ।

उनलाई नमूना अस्पताल हरिवनमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगञ्ज पठाइएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । घटनामा संलग्न दुई महिलालाई हरिपुर प्रहरीकै हिरासतमा ल्याएर राखिएको छ । उनीहरुले खातुनलाई आक्रमण गर्दा प्रयोग गरेको हँसिया समेत प्रहरीले बरामद गरेको छ ।

महिलामाथि आक्रमण हुनुको कारण खुल्न सकेको छैन् ।