logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बागमती मेयर कपमा सात नम्वरको जीत


  • उज्यालो अभियान

बागमती – दोस्रो बागमती मेयर कप फुटबलमा मंगलवार वडा नं. ७ बिजयी भएको छ ।

वडा नं. ६ लाई एकका विरुद्ध दुई गोल गर्दै ७ नं. वडाको टिम विजयी भएको हो । मंगलवार उत्कृष्ट खेल प्रदर्शन गर्ने बिजेता टिमका बिजय गोले म्यान अफ दि म्याच घोषित भए ।

बागमती नगरपालिका-३, धरहरास्थित आयोजक अन्नपूर्ण सहयोगी क्लबको मैदानमा जारी प्रतियोगितामा वुधवार दिउँसो पहिलो क्वाटर फाइनल खेलमा आयोजकको रातो टिम र वडा नं. १२ ले खेल्नेछन् । मंसिर ३० गते सम्पन्न हुने प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार तथा उप विजेता टिमले नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष टंक बोहोर (शीतल) ले जानकारी दिए ।