logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

गोडैतामा बाल विकास भवनको उद्घाटन


  • उज्यालो अभियान

बाल विकास भवन उद्घाटनपछि सहभागीहरु सामूहिक तस्बिर खिचाउँदै । (तस्बिर : उज्यालो अभियान)

गोडैता – सर्लाहीको गोडैता नगरपालिका–२ बेल्वाजब्दीस्थित अवधसिया आधारभूत विद्यालयमा निर्माण गरिएको बाल विकास केन्द्र भवनको मंगलबार उद्घाटन गरिएको छ ।

सेभ द चिड्रेन तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रको आर्थिक सहयोगमा निर्माण गरिएको बाल विकास भवन गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले उद्घाटन गरेका हुन् । भवन निर्माणका लागि सदरमुकाम मलंगवामा रहेको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (आरआरपीके) नामक संस्थाको १४ लाख ८४ हजार १३३ रुपियाँ र विद्यालयको एक लाख दुई हजार ९८८ रुपियाँ गरी जम्मा १५ लाख ८७ हजार १२१ रुपियाँ खर्च भएको छ ।

गत भदौ २८ गतेदेखि निर्माण सुरु गरी मंसिर १४ गते निर्माण पूरा भएको बाल विकास भवन मंगलबारबाट औपचारिक रुपमा विद्यालयलाई हस्तान्तरण गरिएको नगर प्रमुख यादवले जानकारी दिए । भवनमा बालबालिकालाई अध्ययनका लागि आवश्यक पर्ने शैक्षिक एवं खेलकुद सामग्री समेत आर्थिक सहयोग गर्ने संस्थाहरुले नै उपलब्ध गराएका छन् । गत वर्ष सेभ द चिड्रेनकै सहयोगमा सो विद्यालयमा पर्खाल निर्माण गरिएको थियो ।