



मूर्तिया – सर्लाही घर भएका एक तेक्वान्दो खेलाडीले अनलाईन इभेन्ट तेक्वान्दो पुम्से प्रतियोगितामा पदक हात पारेका छन् ।

अमेरिकाको सिकागोमा भएको प्रतियोगितामा बरहथवा नगरपालिका–९ मूर्तिया निवासी प्रेमकुमार दर्नालले ४१ वर्षदेखि ५० वर्ष उमेर समूहको प्रतिस्पर्धामा तेस्रो हुँदै पदक हात पार्न सफल भएका हुन् । दर्नाल बरहथवा तेक्वान्दो डोजाङको प्रथम ब्ल्याक बेल्ट खेलाडी हुन् । डिसेम्बर ४ र ५ तारिख दुई दिन भएको अनलाईन प्रतिस्पर्धामा दर्नालसँगै नेपालबाट सहभागी चार खेलाडीले पदक प्राप्त गरेका छन् ।