प्रतिकात्मक तस्बिर
मलंगवा – दक्षिण सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको विष्णु गाउँपालिकामा आगलागीमा परी लाखौँको धनमाल जलेर नष्ट भएको छ ।


विष्णु गाउँपालिका वडा नं. २ पकडिगोठका योगेन्द्र प्रसाद साहको घरमा मध्यरातमा आगलागी भएको हो । विद्युत सर्ट भई आगलागी हुँदा काठको घरसहित घरभित्र रहेका सरसमान जलेर नष्ट हुँदा करिव १२ लाख बराबरको क्षति भएको पीडित परिवारलाई उद्वृत गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


सोमवार राती ११ बजेतिर भएको आगलागी गाउँले र प्रहरी मिलेर झण्डै एक घण्टापछि नियन्त्रणमा लिएका थिए ।
