logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

एमनेष्टीको नयाँ नेतृत्व चयन


  • उज्यालो अभियान

साधारण सभा समापनपछि सामूहिक तस्बिर खिचाइँदै । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – शनिवार सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट सर्लाहीको लालबन्दीमा रहेको एमनेष्टी इन्टरनेशनल नेपाल समूह ७८ को नयाँ नेतृत्व चयन गरिएको छ ।

सभाले सुशील कुमार थपलिया संयोजक रहने गरी ९ सदस्यीय कार्य समिति चयन गरेको हो । समितिमा अम्बिका बराल अधिकारी सहसंयोजक, कमल पौडेल सचिव, उत्तम दाहाल कोषाध्यक्ष, सुवास ढुंगाना उपसचिव र शशीकला बराल, प्राप्ती उपे्रती, सियाशरण महतो र सन्तोष बराल सदस्य छन् ।

निवर्तमान संयोजक ईश्वर दाहालको अध्यक्षता एवं पूर्व केन्द्रीय सदस्य सुशील शर्माको प्रमुख आतिथ्यता तथा लालबन्दी वडा नं. ७ का वडाध्यक्ष सुरेन्द्र कुमार न्यौपानेको विशिष्ठ आतिथ्यतामा सभा सम्पन्न गरिएको एमनेष्टी इन्टरनेशनल नेपाल समूह ७८ का सदस्य समिर सुवेदीले जानकारी दिए ।