logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बालकोषमा बृद्धको सहयोग


  • उज्यालो अभियान

लालबन्दी – सामाजिक संस्था बाल संरक्षण संस्थाको बाल कोषमा सोमबार लालबन्दी निवासी ऋषिराम आचार्यले सहयोग प्रदान गरेका छन् ।

लालबन्दी नगरपालिका–९, मा रहेको संस्थामा सोही वडाका मनकारी वृद्ध आचार्यले १० हजार १०० रुपैयाँ सहयोग प्रदान गरेका बाल संरक्षण संस्थाकी अध्यक्ष मुना उपाध्यायले जानकारी दिईन् । कोषमा जम्मा हुने रकमले बालबालिकाको संरक्षण, पुर्नस्थापना, छात्रावृत्ति वितरण र उद्धारको काम गर्दै आएको संस्थाले जनाएको छ ।

आचार्यले केही दिनअघि जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्धा सेवाश्रममा आश्रय लिएर बसिरहेका वृद्धवृद्धालाई भोजन समेत गराएका थिए ।