logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रथम नयाँबस्ती गोल्डकप : लाफा युवा क्लब मिलनचौक फाइनलमा


  • उज्यालो अभियान

बिजेता लाफा युवा क्लब मिलनचौकको टिम । तस्बिर सौजन्य : राजु तामाङ

बागमती – सर्लाहीको बागमती नगरपालिका ४ मा जारी पहिलो नयाँबस्ती गोल्डकप फुटबलमा लाफा युवा क्लब मिलनचौक फाइनलमा प्रवेश गरेको छ ।

मंगलवार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा आयोजक नयाँ बस्ती युवा क्लबको ए टिमलाई २–१ गोलले पराजित गर्दै लाफाले फाइनलमा जनसहयोगी युवा क्लबसँग भेट पक्का गरेको हो । लाफा र जनसहयोगीले अब पर्सी (बिहिवार) उपाधिका लागि फाइनल खेल खेल्ने आयोजकलाई उदृत गर्दै सञ्चारकर्मी राजु तामाङले जानकारी दिए ।

यस प्रतियोगिताको बिजेताले २० र उपबिजेताले १० हजार नगद प्राप्त गर्नेछन् ।