logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

नयाँ बस्ती गोल्डकप : जिरायतको बिजयी सुरुवात


  • उज्यालो अभियान

बागमती – सर्लाहीको बागमती नगरपालिका–४, नयाँबस्तीमा शनिवारबाट पहिलो नयाँ बस्ती गोल्ड कप २०७७ सुरु भएको छ ।

नयाँ बस्ती युवा क्लवको आयोजनामा सुरु भएको गोल्डकपको शनिवार दिउँसो बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले उद्घाटन गरेका हुन् ।

बस्तीको पहिचानसगँ जोडिएको यस गोल्डकपमा जिल्लाका २२ वटा टिमले सहभागीता जनाएका आयोजक क्लवका अध्यक्ष अर्थमान सिङतानले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा बिजेता हुने टिमले नगद २० हजारसँगै प्रथम शिल्ड, मेडल र प्रमाणपत्र तथा उपबिजेता हुने टिमले नगद १० हजारसहित दोस्रो सिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली कांग्रेस बागमती नगर समितिका सभापती दीपक कुमार रानाभाट, बागमती नगरपालिका ४का वडाध्यक्ष कृष्ण बहादुर लामा, विद्यार्थी नेता राजकुमार बिश्वकर्मा, लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मेयर थापाले समाजलाई सुसस्कृत राख्न खेलकुद पनि अपरिहार्य रहेको बताए ।

प्रतियोगिताको शनिवार साँझ सम्पन्न उद्घाटन खेलमा जिरायत युवा क्लव डाडाँ टोलले समाजसेवा युवा क्लव राजघाटलाई १–० ले पराजित गर्दै बिजयी सुरुवात गरेको छ ।