

लालबन्दी – भालुको आक्रमणबाट लालबन्दीको नारायणडाँडा निवासी एकजना गम्भिर घाईते भएका छन् ।

लालबन्दी नगरपालिका–१३, नारायणडाँडा निवासी ४६ वर्षीय गणेशबहादुर आले मगर गम्भिर घाईते भएका हुन् । शुक्रबार साँझ घरबाट सय मिटर परको जंगलमा अचानक भालुले आक्रमण गर्दा आले मगर घाईते भएको जिल्ला प्रहरी कार्यालय मलंगवाको प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । भालुले आले मगनरको दाहिने खुट्टामा तिघ्रा मुनिको मासु र टाउको चिथारेको र छातीमा समेत घाउ भएको प्रहरीले जनाएको छ । लालबन्दी स्थित टेक्सस अस्पतालमा सामान्य उपचार पश्चात उनलाई थप उपचारका लागि वीरगंज स्थित एडभान्स अस्पताल पठाईएको प्रहरीले जनायो ।
