logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

१५ किलो गाँजा र तरबारसहित बागवानीबाट दुई युवक पक्राउ


  • उज्यालो अभियान

सर्लाहीको नारायणखोलामा गाँजा नष्ट गरिँदै । तस्बिर : उज्यालो अभियान

नवलपुर – सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर बागवानी जंगलबाट आज (वुधवार) बिहान लागूऔषध गाँजा र धारिलो हतियारसहित दुई युवक पक्राउ परेका छन् ।

बिहान ४ः३० बजेतिर हरिवन नगरपालिका–२, डाबरीका २० वर्षीय श्रवण महतो र १९ वर्षीय बद्री महतो गाँजा र हतियारसहित पक्राउ परेका हुन् । प्रदेश २–०–३००१ प ८०६३ नम्वरको मोटरसाइकलमा आउँदै गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय नवलपुरबाट प्रहरी हवल्दार सुधिर कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले १५ किलो गाँजा र २ फिट फलामको धारिलो हतियार तरबारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।