logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

लखन्देहीबाट गाँजा सहित दुईजना प्रहरी नियन्त्रणमा


  • उज्यालो अभियान

केही समय अघि बरामद् गाँजा आगो लगाएर जलाईंदै । (फाईल तस्बिर : उज्यालो अभियान)

लखन्देही – गाँजा ओसारिरहेको अवस्थामा दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

लालबन्दी नगरपालिका–१ लखनदेही खोला नजिकबाट दुई केजी गाँजा सहित चन्द्रनगर गाउँपालिका–७ निवासी १९ वर्षीय नरेन्द्र कुमार साह र हरिपुर नगरपालिका–५ निवासी २२ वर्षीय जितेन्द्र रामलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको टोलीले हरिवनबाट नवलपुरतर्फ आउँदै गरेको भारतीय BR06AD 5498 नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा दुईजनाको बीचमा बोराभित्र राखेको अवस्थामा गाँजा बरामद् गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साहले मोटरसाईकल चलाएका थिए भने राम पछाडी बसेका थिए ।