हरिवन – नेपाली कांग्रेस हरिवन नगर समितिले सोमबार शुुुुुुुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । विजया दशमी, शुभ दिपावली, छठ, ल्होछार, ईद, माघी, नेपाल सम्बत लगायत सम्पूर्ण नेपाली राष्ट्रिय पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको कांग्रेस हरिवनका उपसभापति डाकुरनाथ खतिवडाले जानकारी दिए ।


कांग्रेस हरिवनका सभापति रामशरण उप्रेतीको अध्यक्षता रहेको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि श्रेष्ठले गुटउपगुटमा नलागि एकढिक्का भएर अगाडी बढन नेता कार्यकर्तालाई अाग्रह गरे । सशक्त विपक्षी दलकाे भूमिका निर्बाह गर्दै कम्युनिष्ट सरकारकाे मनाेमानी विरुद्द लाग्नुपर्ने बेलामा अान्तरिक लडाँईमा लाग्न नहुने श्रेष्ठकाे भनाई थियाे ।

कार्यक्रममा संघीय सांसद् एवं जिल्ला सभापति नागेन्द्रकुमार राय, संविधान सभा सदस्य हरेशप्रसाद महतो लगायत विशिष्ट आतिथ्यता रहेको थियो भने जिल्ला उपसभापति सुरेन्द्रप्रसाद सिंह, जिल्ला सहसचिब डोरप्रसाद भट्टराई, राज्य प्रशासन केन्द्रीय विभाग सदय रामप्रसाद मैनाली, संघीय मामिला विभाग सदस्य नरेन्द्र भट्टराई, वितिय व्यवस्थापन विभाग सदस्य रामहरि न्यौपाने, महासमिति सदस्य शेरबहादुर योञ्जन, महाधिवेशन प्रतिनिधिद्वय विनोद खनाल र मोहम्मद कमरुद्धिन लगायतको आतिथ्यता रहेको थियो । त्यस्तै जिल्ला सदस्यहरु जयप्रकाश मल्लिक, टमबहादुर घिसिङ, कृष्ण रायमाझी, नेपाली कांग्रेस हरिवन नगर मेयरका प्रत्यासी दिलिप राज भण्डारी, नेपाल महिला संघ केन्द्रीय सदस्य मैया बस्नेत काठमाडौं सर्लाही सम्पर्क समिति अध्यक्ष दानबहादुर बुढाथोकी, युवा नेता विनोद कार्की, नेपाल ट्रेड युनियन युवा अध्यक्ष विकास चिमरिया, नेविसंघ निवर्तमान केन्द्रीय सदस्य रघु कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कांग्रेस हरिवन नगर समितिका सचिव निरोज कार्कीको सञ्चालन रहेको कार्यक्रम हरिवनको चुरे क्षेत्र स्थित कैलाशपुरी मन्दिरको बनबाटिकामा भएको हो । शुभकामना आदानप्रदान कार्यक्रम पश्चात उपस्थित सबैलाई भोजन समेत गराईएको थियो । कार्यक्रममा जिल्लाभरका कांग्रेसीहरुकाे उल्लेख्य उपस्थिती रहेकाे थियाे ।
फोटो क्याप्सन : कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ तथा उपस्थित अन्य नेता कार्यकर्ताहरु । (तस्बिर : उज्यालो अभियान)