logo
  • बुधबार, कार्तिक १२, २०८३ / Wednesday, Oct, 28 ,2026

स्थानीय तह कर्मचारी युनियन गठन


  • उज्यालो अभियान

कार्यक्रममा उपस्थित अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – नेपाल ट्रेड युनियन कांग्रेस अन्तर्गत सर्लाही जिल्ला स्तरीय स्थानीय तह कर्मचारी युनियन गठन गरिएको छ ।

हरिवन नगरपालिका अन्तर्गत सासापुर स्वास्थ्य चौकीका प्रमुख श्याम विनोद कुशवाहाको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । शुक्रबार हरिवनको सम्राट होटलको सभाहलमा ट्रेड युनियन कांग्रेस सर्लाहीका अध्यक्ष जबाहरलाल कुशवाहाको अध्यक्षतामा भएको भेलाले कुशवाहाको अध्यक्षतामा उक्त समिति गठन गरेको छ ।

समितिको महिला उपाध्यक्षमा पूर्णिमा कार्की, उपाध्यक्षमा राम बचन राय, सचिवमा रामपुकार यादव र कोषाध्यक्षमा चन्देश्वर यादव चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दिपेन्द्र साह, रजनीश प्रसाद यादव, जयकिशोर सिंह, राकेश गुप्ता, मनोज बख्रेल, नागेन्द्र साह लगायत मनोनित भएका छन् ।

नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति लक्ष्मण रायको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा ट्रेड युनियन प्रदेश दुई अध्यक्ष लक्ष्मण कुर्मी, कांग्रेस जिल्ला सहसचिव डोरप्रसाद भट्टराई, महाधिवेशन प्रतिनिधि मोहम्मद कमरुद्धिन, जिल्ला सदस्य कृष्ण राज रायमाझी, हरिवन नगर सभापति रामशरण उप्रेती सहित अन्य विभिन्न जिल्लाबाट समेत ट्रेड युनियन कांग्रेसका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।