बरहथवा – बहुजन समाज परिषद् नेपालको नयाँ नेतृत्व चयन गर्दै तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

हरिनन्दन कुमार रंजनको अध्यक्षतामा ५१ सदस्यीय बहुजन समाज परिषद नेपालको नयाँ नेतृत्व चयन भएको हो । समितीको बरिष्ठ नेता तथा राष्ट्रिय प्रभारीको जिम्मेवारीमा सर्लाहीका राजाराम पासवान, उपाध्यक्षमा बाराका रामशरण पासवान, महासचिवमा सिरहाका सुरज महरा, सचिबमा बाराकी सुगान्धी पासवान, कोषाध्यक्षमा धनुषाका लक्ष्मी खत्वे मण्डल, सह–सचिवमा रौतहटका दिनेश मल्ली चयन भएका छन् । सप्तरीका श्याम सरदार, मनोज मेस्तर लगायतका ५१ सदस्यीय समितीमा सुनसरी देखि पर्सा सम्मका ब्यक्तिहरु चयन भएका छन् ।

शुक्रबारदेखि बरहथवामा सूरु भएको अधिवेशन शनिबार बिहान सम्पन्न भएको राष्ट्रिय प्रभारी पासवानले जानकारी दिए ।
