logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

ट्रक व्यवसायी संघमा ट्राफिक प्रमुखलाई स्वागत तथा सम्मान


  • उज्यालो अभियान

सामुहिक तस्बिर खिचाउँदै ट्राफिक प्रहरी निरीक्षक दोङ लगायत संघका पदाधिकारीहरु । (तस्बिर : उज्यालो अभियान)

नयाँरोड – सर्लाही ट्रक व्यवसायी संघ नयाँरोडले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुखलाई स्वागत तथा सम्मान गरेको छ ।

केही दिनअघि मात्र सरुवा भएर सर्लाही ट्राफिक प्रहरी प्रमुखको रुपमा आएका प्रहरी निरीक्षक केदारमान दोङलाई संघले स्वागत तथा सम्मान गरेको हो । नयाँरोड स्थित संघको कार्यालयमा संघका अध्यक्ष रामबहादुर दवाडी लगायत पदाधिकारीहरुले ट्राफिक प्रहरी निरीक्षक दोङलाई खादा ओढाएर सम्मान गरेका थिए । दोङको कार्यकालमा सर्लाहीको ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त हुनेमा संघले विश्वास समेत व्यक्त गरेको छ ।