जिल्ला प्रशासन कार्यालय मलंगवामा नागरिकता बनाउनका लागि लामवद्ध भएर बसेका सेवाग्राही ।
(तस्बिर : उज्यालो अभियान)
मलंगवा – अत्यासलाग्दो भीडकै बीच सेवा प्रवाह गरिरहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीका एक जना कर्मचारीमा कोरोना संक्रमण पाइएको छ ।
तीन÷चार दिनदेखि कोरोना भाईरससँग मिल्दोजुल्दो लक्षण देखिएका कार्यालयका एक जना नायब सुब्बाको पीसीआर टेष्ट गर्दा वुधवार पोजिटिभ रिपोर्ट आएको हो । उनी केही दिनदेखि बिदामा बसेका थिए ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कन्टयाक टे«सिङका आधारमा आज (बिहिवार) सबै कर्मचारीको थ्रोट स्वाब संकलन गरेर पीसीआर टेष्ट गरिने बताए । उनले सबै कर्मचारीको पीसीआर रिपोर्ट आएपछि कार्यालयको सेवाबारे निर्णय लिइने बताए ।
लामो लकडाउन र निषेधाज्ञापछि खुलेको सिडिओ कार्यालयमा अहिले नागरिकता बनाउने लगायत अन्य सेवा लिनेको अत्यधिक भीड हुने गरेको छ । भीड कम गर्न कार्यालयले नागरिकता फाँटमा टोकन प्रणाली लागू गरी पालैपालो बोलाएर सेवा दिइरहेको छ ।