logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बरहथवाको गंगापुरमा वडा कार्यालय भवन उद्घाटन


  • उज्यालो अभियान

वडा कार्यालय भवन उद्घाटन समारोहमा उपस्थित ।

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–१६, गंगापुरमा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ ।

साबिक जानकीनगरबाट टुक्रिएको त्यस ठाउँमा यसअघि वडा कार्यालय नहुँदा रुखको छहारीमा बसेर सेवा दिनुपर्ने बाध्यता थियो । वडा कार्यालय भवन बनेपछि त्यो समस्या अब अन्त्य भएको वडाध्यक्ष नवीन कुमार खनालले जानकारी दिए । खनालका अनुसार वडा तथा नगरको २१ लाख रुपैयाँ र गाउँलेहरुको तर्फबाट ४ लाख रुपैयाँ गरी जम्मा २५ लाख रुपैयाँको लागतमा ४ कोठे वडा कार्यालय भवन तयार पारिएको हो ।

वडा कार्यालय भवनको बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, उपमेयर सीतादेवी माझी, नगरपालिकाका सूचना अधिकृत रुपेशलाल कर्ण, वडाध्यक्षहरु, दलका प्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थितिमा सोमबार दिउँसो उद्घाटन गरिएको बरहथवा नगरपालिकाका कानुनी सल्लाहकार महेश बरालले बताए ।