केही समय पहिला बरामद् पटाका लगायत विष्फोटजन्य सामग्री खाडलमा पुरेर नष्ट गर्ने तयारी गर्दै सशस्त्र प्रहरीका सुरक्षाकर्मी । (तस्बिर : उज्यालो अभियान)
मलंगवा – भारतीय सीमाक्षेत्रबाट पटाका लगायत विष्फोटजन्य सामग्री बरामद् गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शनिबार राती साँढे ११ बजे भारतबाट बोरामा लुकाएर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा मलंगवा नगरपालिका–८, कोल्ड स्टोर नजिकबाट सीमा प्रहरी चौकी गोरखकालीको गस्ती टोलीले ८७ प्याकेट पटाका बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । प्रहरी गस्तीटोलीलाई देखेपछि बोरा बोक्ने व्यक्ति भने फालेर फरार भएको प्रहरीले जनायो । बरामद् पटाका १५ हजार रुपैंया मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।

विजयादशमी, दिपावली, छठ लगायत चाडपर्व नजिकिएसँगै भारतबाट पटाका लगायत विष्फोटजन्य सामग्री चोरी तस्करी सूरु हुन थालेको जानकारहरु बताउँछन् ।
