logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

नेकपा नेता प्याकुरेललाई पितृशोक


  • उज्यालो अभियान

हरिवन – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका नेता विदुर प्याकुरेलाई पितृशोक परेको छ ।

नेकपा जिल्ला कमिटी सदस्य विदुर प्याकुरेल तथा नेकपाको भातृसंस्था युवा संघ नेपालका नेता राधाकृष्ण प्याकुरेलका पिता ऋषेश्वर प्याकुरेलको ८४ वर्षको उमेरमा निधन भएको हो । उच्च रक्तचाप, मधमेह, निमोनिया लगायत रोगबाट ग्रसित हरिवन नगरपालिका–८ पुरानोबजार निवासी प्याकुरेलको काठमाडौं स्थित टिचिङ अस्पतालमा उपचार गर्दागर्दै हिजो मृत्यु भएको हो ।

हिजै काठमाडौं पशुपतिनाथ स्थित आर्यघाटमा दाहसंस्कार सम्पन्न गरेर परिवारका सदस्यहरु आज बिहान हरिवन स्थित निवासमा आईपुगेका छन् । प्याकुरेलको निजी निवासमा दुवै छोराहरु १३ दिने काजकिरियामा बसेका छन् ।