भेलाबाट प्रदेश कमिटीमा चयन भएकाहरु । (तस्बिर : उज्यालो अभियान)
लालबन्दी – नेपाल दलित मुक्ति अभियानको दुई नम्बर प्रदेश स्तरीय कमिटी गठन भएको छ ।
आज (शनिबार) लालबन्दीमा दुई नम्बर प्रदेशका आठवटै जिल्लाका दलित अगूवाहरुको भेलाले ३१ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो । रामेश्वर रामको अध्यक्षतामा आठवटै जिल्लाका प्रतिनिधि राखेर ३१ सदस्यीय कमिटी गठन गरिएको दलित अगूवा राजाराम पासवानले जानकारी दिए । कमिटीको उपाध्यक्षमा कृष्णमाया गजमेर, सचिवमा मनोज कुमार र कोषाध्यक्षमा नन्दलाल राम सहित अन्य सदस्य रहेका छन् ।
पासवानका अनुसार सर्लाही सहित सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा र पर्साबाट १०–१० जना प्रतिनिधि सहभागि थिए । त्यसअघि कार्यक्रम कृष्णमाया गजमेरको अध्यक्षतामा भेला भएको थियो ।

