logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

जुटपानीदेखि लक्ष्मीपुरसम्मको सडकमा सीसी क्यामेरा, प्रहरीको प्रत्यक्ष निगरानी


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत हरिपुर नगरपालिकाको जुटपानीदेखि लक्ष्मीपुर कोद्राहसम्म सीसीटीभी क्यामेरा जडान गरिएको छ ।

हरिपुर नगरपालिकाको सहयोगमा ईलाका प्रहरी कार्यालय हरिपुरले जुटपानीदेखि लक्ष्मीपुरसम्म १४ वटा सीसी क्यामेरा जडान गरेको हो । सीसी क्यामेराको हरिपुरस्थित ईलाका प्रहरी कार्यालयका प्रमुखको कार्यकक्षबाट निगरानी गरिने छ । हरिपुर प्रहरीका प्रमुख एवं प्रहरी निरीक्षक बिक्रम साहले अब चोरी लगायतका अन्य आपराधिक घटनामा संलग्न र दुर्घटना गराएर फरार हुने सवारी साधन नियन्त्रणमा लिन सहज हुने बताए ।