जिल्ला प्रशासन कार्यालय मलंगवामा नागरिकता बनाउनका लागि लामवद्ध भएर बसेका सेवाग्राही ।
(तस्बिर : उज्यालो अभियान)
मलंगवा – लामो समयपछि खुलेका सर्लाहीका विभिन्न सरकारी कार्यालयहरुमा सेवाग्राहीको अत्यधिक भीड लाग्ने गरेको छ ।
विशेष गरी प्रशासन र मालपोत कार्यालयमा सबै भन्दा बढी भीड देखिन्छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले जनस्वास्थ्य मापदण्ड पालना गरी भौतिक दुरी कायम गराएर सेवा प्रवाह गर्ने निर्णय गरेपनि कनै कार्यालयमा सो निर्णय कार्यान्वयन भएको छैन् ।
जिल्ला प्रशासन कार्यालय मलंगवामै सेवाग्राहीहरुले ठेलामठेल गरी सेवा लिइरहेका छन् । कार्यालयका सुचना अधिकारी एवं प्रशासकीय अधिकृत रामप्रमोद यादवले एसईई उर्तिण गरेर जागिर गर्न चाहने तथा वैदेशिक रोजगारीमा जान खोज्नेहरु ठूलो संख्यामा नागरिकता लिन आइरहेकाले कार्यालयमा भीडभाड भइरहेको जानकारी दिए । उनले भीड कम गर्न टोकन प्रणालीमार्फत सेवा प्रवाह गर्न थालिएको बताए ।
यादवले कर्मचारी थोरै रहेका र सेवाग्राही महिनौँदेखि रोकिएको काम गराउन एकैपटक आउन थालेपछि भीड व्यवस्थापन गर्न गाह्रो परेको जानकारी दिए । सुचना अधिकारी यादवले भीड व्यवस्थापनमा सम्भव भएसम्म प्रयास गरिरहेको दावी गरेका छन् । यादवका अनसार अहिले दैनिक डेढ सयको हाराहारीमा नागरिकता वितरण भइरहेको छ ।
सदरमकाम मलंगवामै रहेको मालपोत कार्यालयमा पनि सेवाग्राहीको थेगिनसक्न भीड लाग्छ । कार्यालय प्रमख गोपालप्रसाद बरालले बार अनसार एक दिनमा दई/तीन वटा पालिका छुट्याएर सेवा दिइरहेको भएपनि प्रहरी कार्यालय तथा ईलाका प्रशासन कार्यालय हरिवन र बरहथवा, मालपोत कार्यालय हरिवन र बरहथवामा पनि सेवा लिन आउनेहरुको दिनभर भीड लाग्ने गरेको छ ।
कोरोना संक्रमण बढिरहेको अवस्थामा सरकारी कार्यालयहरुमा भौतिक दुरी कायम नगराई भीडभाड गरी सेवा प्रवाह गर्दा जोखिम बढेको भन्दै जनस्वास्थ्यविद्हरुले खतरा औँल्याएका छन् ।
