logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

खोलाले बाटो बिगारेपछि दापडाँडाबासी समस्यामा


  • उज्यालो अभियान

फाइल तस्बिर : बाढीमा हेलिएर खोला तर्दै गरेका नारायणखोलाका स्थानीय वासिन्दा

बागमती – हरिवन खोलाले बाटो बिगारेपछि सर्लाहीको बागमती नगरपालिका–१, दापडाँडाका स्थानीयहरु समस्यामा परेका छन् ।

अघिल्लो हप्ताको झरीपछि खोलामा आएको बाढीले हरिवन नगरपालिका र बागमती नगरपालिकाको सीमामा पर्ने हरिवन खोलाले बाटो बगाएको हो । बाटो बगाएपछि दापडाँडाका दुई दर्जन बढी घरधुरीलाई आवातजावत गर्नै समस्या भएको स्थानीयले गुनासो गरेका छन् ।

बाटो बिग्रिएकाले गाउँमा अहिले एम्बुलेन्स समेत जान सक्ने अवस्था छैन् । यसबारेमा वडाका जनप्रतिनिधिसँग कुरा गर्दा चासो नदिएका गाउँलेहरुको भनाई छ ।

सर्लाहीको चुरेभेगका कच्ची बाटोहरु पानी पर्नासाथ बिग्रिने गरेका छन् । अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष लगातारजसो पानी पर्दा चुरेभेगमा खोलाको बाटो भएर आवातजावत गर्न समस्या भइरहेको छ । खोलाको बगरबाट हिँड्नु पर्ने नारायणखोला, कालिन्जोर लगायतका ठाउँमा यातायातका साधन ठप्प रहेका छन् ।