logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीमा कोरोना संक्रमित मृतकको पहिलो पटक जलाएर दाहसंस्कार गरियो


  • उज्यालो अभियान

कर्मैया स्थित बागमती खोला किनारमा शवको दाहसंस्कारका लागि सलामी अर्पण लगायत व्यवस्थापनको काम गर्दै नेपाली सेनाको टोली । (फाईल तस्बिर : उज्यालो अभियान)

कर्मैया – सर्लाहीमा कोरोना संक्रमणबाट मंगलवार थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या ७ पुगेको छ ।

वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा उपचाररत बरहथवा नगरपालिका–६ का ७० वर्षीया वृद्धाको मंगलबार बिहान मृत्युभएसँगै कोरोनाबाट जिल्लामा ज्यान गुमाउनेको संख्या ७ पुगेको हो । स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पतालमा भर्ना गरिएको वृद्धमा सोमबार बिहान कोरोना पुष्टि भएको थियो । नेसनल मेडिकल कलेजले स्थापना गरेको अस्थायी कोरोना अस्पतालमा उनको मृत्यु भएको हो । मृतकको शव मंगलबार नै सर्लाही ल्याएर सरकारले बनाएको मापदण्ड अनुसार बागमती नगरपालिका–११ स्थित बागमती खोलामा नेपाली सेनाले व्यवस्थापन गरेको छ । नेपाली सेना रणशेर गण पाँचकुमारीका सेनानी (मेजर) ऋषि न्यौपाने नेतृत्वको टोलीले शव व्यवस्थापन गरेको हो । सो टोली मलंगवास्थित कुमुस पार्टी प्यालेसमा आइसोलेटेड भएर बसेको छ ।

सेनाले जिल्लामा कोरोना संक्रमणबाट मृत्यु भएकाको तेस्रो पटक शव व्यवस्थापन गरेको हो । यसअघि चक्रघट्टा र हरिपुर्वामा एकरएक जना संक्रमितको शव सेनाले व्यवस्थापन गरिसकेको छ । हालसम्म मलंगवामा दुई, लालबन्दी, हरिपूर्वा, हरिपुर, बरहथबा र चक्रघट्टामा एक–एक गरी कोरोनाबाट ७ जनाको ज्यान गएको छ ।