वृद्धाश्रममा खाद्यान्न हस्तान्तरण गर्दै प्रदेश सांसद् उप्रेती । (तस्बिर : उज्यालो अभियान)
जुटपानी – प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेतीले आफ्नो जन्मदिनको अवसरमा आज (सोमबार) वृद्धवृद्धाहरुलाई खाद्यान्न र फलफूल सहित मिष्ठान्न सहयोग गरेका छन् ।
जन्मदिनको अवसरमा सांसद उप्रेतीले पद्म–भूवनेश्वरी नमूना वृद्ध सेवाश्रममा सहयोग गरेका हुन् । सांसद् उप्रेतीले १ क्वीन्टल चामल, फलफूल सहित मिष्ठान्न सहयोग गरेका हुन् ।
आज (सोमबार) बिहानै उप्रेतीले खाद्यान्न सहित सामग्री हस्तान्तरण गरेको वृद्धाश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् । खाद्यान्न हस्तान्तरण कार्यक्रममा नेकपाका नेताहरु तारा पोखरेल, उत्तरकुमार मैनाली, गौरि महतो, भरतकुमार कार्की, वडाध्यक्षद्वय यज्ञविनोद ढुंगेल तथा सीताराम पोखरेल लगायतको उपस्थिती रहेको थियो ।
त्यस्तै दिवंगत छोराको सम्झनामा सर्लाही रानीगञ्जका एक दम्पतिले जुटपानी आश्रममा हिजो (आइतवार) बिहानको भोजन गराएका छन् । रानीगञ्जका रामेश्वर दाहाल र चण्डिका दाहालले दिवंगत छोरा अनिल दाहालको १३ औँ दिनको पुण्य तिथीमा आइतवार बिहान वृद्धाश्रमका वृद्धवृद्धालाई भोजन गराएका हुन् ।
दाहाल दम्पत्तिले रानीगञ्ज नै घर भएका नेपाली काँगे्रस जिल्ला कार्य समितिका सदस्य विश्वमित्र रिजालसँग समन्वय गरी आश्रममा भोजनको व्यवस्था गरेका आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् ।