फलफूल वितरण कार्यक्रममा उपस्थित वृद्धवृद्धाहरु ।
जुटपानी – सामाजिक सेवा दिवसका अवसरमा लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा फलफुल वितरण गरिएको छ ।
गैर–सरकारी संस्था महासंघ सर्लाहीको आयोजनामा आश्रममा आश्रीत वृद्धवृद्धालाई बुधबार बिहान फलफुल वितरण गरिएको हो । सर्लाही क्षेत्र नं. १ का प्रतिनिधी सभा सांसद प्रमोद साहको प्रमुख आतिथ्यतामा वृद्धवृद्धालाई फलफुल वितरण गरिएको महासंघका प्रदेश २ इन्चार्ज यादव सरकारले जानकारी दिए । ‘सामाजिक क्षेत्र राष्ट्रिय गौरव आजको प्राथमिकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने नाराका साथ मंगलबारबाट सुरु भएको सामाजिक सेवा दिवस सप्ताहव्यापी रुपमा मनाइँदै छ ।