logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

मलंगवामा हिन्दु–मुस्लिम विवाद मिल्दै


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा दुई समुदायबीचको विवाद समाधानतर्फ उन्मुख भएको छ ।

असोज १ गते गरिएको विश्वकर्मा पूजाको मूर्ति विर्सजन गर्न लैजाने क्रममा गत शुक्रवार मलंगवा नगरपालिका–३, विश्वकर्मा चौकमा दुई पक्षबीच झडप भएको थियो । शनिवार पुनः दोस्रो पटक झडपको स्थिति सिर्जना भएपछि मलंगवामा कर्फ्यू नै लगाउनु परेको थियो । त्यसपछि मलंगवाको अवस्था सामान्यतर्फ उन्मुख भएको हो ।

मलंगवा नगरपालिकाका प्रमुख निरसल साहले निरन्तरको छलफलपछि दुई पक्षबीचको विवाद लगभग टुंगिएको बताए । नगर प्रमुख साह र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले विवाद मिलाउन दुवै पक्षका प्रतिनिधिलाई बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा राखेर छलफल गरेका थिए । छलफलमा अब पुनः कुनै पनि पक्षबाट विवाद नझिक्ने र मेलमिलाप गरेर बस्ने सहमति जुटेको नगर प्रमुख साहले जानकारी दिए ।

उनले सहमतीलाई कागजी रुपमा पनि सहमती जुटाउन आज (विहिबार) पुनः दुवै पक्षलाई राखेर छलफल गरिने बताए । यसअघि विवाद समाधानका लागि मंगलबार पनि दुवै पक्षका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नगर प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, प्रदेश सभा सदस्य लगायतको उपस्थितिमा छलफल गरिएको थियो ।