logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीका १५ जनालाई कोरोना संक्रमण देखियो


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा आज (बुधबार) कोरोना भाईरसका १५ जना संक्रमित देखिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय मलंगवाले दिएको जानकारी अनुसार मलंगवामा ५ जना, हविनमा दुई जना, कौडेना, चक्रघट्टा, विष्णु, हरिपुर, बागमती, ब्रम्हपुरी, चन्द्रनगर र लालबन्दीमा एक÷एक जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । पछिल्लो समय जिल्लामा कोरोना परीक्षणको दायरा घटाइएको छ । आज संक्रमण पुष्टि भएकामध्ये कतिपयले अन्यत्र गएर स्वाब दिँदा समेत यहाँ रिपोर्ट आएको र केही यहीँबाट धेरै समय अघि स्वाब पठाएपछि आज बल्ल रिपोर्ट आएकाहरु रहेका स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन सुशील कुमार झाले जानकारी दिए ।

जिल्लामा अहिलेसम्म २ हजार ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज थपिएका संक्रमितहरु यसमा जोडिएको छैन् । उनीहरु पहिलो संक्रमित हुन् वा दोहो¥याएर परीक्षण गर्दा फेरि पोजिटिभ रिपोर्ट आएको हो भन्ने प्रष्ट हुन बाँकी रहेको झाले बताए । जिल्लाका १५ सय १८ जना संक्रमित संक्रमणमुक्त भईसकेका छन् । ५०९ जना संक्रमितको भने पोजिटिभ रिपोर्ट आएको १४ दिन पुगेको छैन । कोरोना संक्रमणबाट हालसम्म मलंगवामा दुई, लालबन्दी, हरिपुर र चक्रघट्टामा एक/एक जनाको ज्यान गएको छ ।