logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कांग्रेसले दियो खेलाडीलाई जर्सी


  • उज्यालो अभियान

खेलाडीलाई जर्सी हस्तान्तरण कार्यक्रममा उपस्थित कांग्रेस नेता एवं खेलाडीहरु । (तस्बिर : उज्यालो अभियान)

परबानीपुर – नेपाली कांग्रेस लालबन्दी नगर समितिको पहलमा खेलाडीलाई फूटबल जर्सी प्रदान गरिएको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरी लालबन्दी नगरपालिका–१६ परबानीपुर स्थित दुईवटा क्लबका खेलाडीलाई फूटबल जर्सी प्रदान गरिएको नेपाली कांग्रेस लालबन्दी नगर समिति सभापति प्रशान्त आचार्यले जानकारी दिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा महासमिति सदस्य कुबेर आचार्यको विशिष्ट आतिथ्यता रहेको फूटबल जर्सी हस्तान्तरण कार्यक्रममा नगर सभापति प्रशान्त आचार्य, कांग्रेस युवा नेतृ एवं सारा फाउण्डेशनकी शर्मीला थापा लगायतको उपस्थिती रहेको थियो । नेपाली कांग्रेस नगर समिति लालबन्दीको पहलमा उक्त फूटबल जर्सी सारा फाउण्डेशनकी थापाले उपलब्ध गराएको बुझिएको छ ।