logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

मलंगवाको कर्फ्यू बिहान ८ बजेबाट हटाइयो


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यू आज (आइतवार) बिहान ८ बजेबाट हटाइएको छ ।

अवस्था केही सहज बनेपछि कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उज्यालो अभियानसँग बताए । हिन्दु समुदायले विश्वकर्मा पूजाको मूर्ति बिर्सजन गर्न लैजाने क्रममा अस्ती शुक्रबार सदरमुकाम मलंगवा नगरपालिका–३, विश्वकर्मा चौकमा मुस्लिम समुदायबाट अवरोध हुँदा झडप भएको थियो ।

हिजो शनिवार फेरि झडप हुने अवस्था सृजना भएपछि दिउँसो १ः३० बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो । प्रमुख जिल्ला अधिकारी पौडेलले कर्फ्यू हटाएर विवाद पुनः बल्झिन नदिन दुवै समुदायका अगुवासँग समन्वय गरिरहेको जानकारी दिए ।

प्रजिअ पौडेलले परिस्थिति खराब हुन खोजेमा भने फेरि पनि कर्फ्यू आदेश हुन सक्ने बताए । कर्फ्यू हटेसँगै मलंगवाको जनजिवन सामान्य बनेको छ ।