logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीमा थपिए ५ नयाँ संक्रमित


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा कोरोना भाईरस संक्रमणका ५ जना नयाँ संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय मलंगवाले दिएको जानकारी अनुसार ईश्वरपुरमा दुई जना, बलरा, मलंगवा र पर्सामा एक/एक जना गरी शुक्रबार ५ जना नयाँ संक्रमित थपिएका हुन् । यो सहित सर्लाहीमा जम्मा संक्रमितको संख्या २ हजार १८ पुगेको स्वास्थ्य कार्यालय, मलंगवाले जनाएको छ । तीमध्ये १५ सय ६ जना डिस्चार्ज भइसकेका छन् ।

कोरोना संक्रमणबाट अहिलेसम्म मलंगवामा दुई तथा लालबन्दी र चक्रघट्टामा एक÷एक जनाको मृत्यु भएको छ । जिल्लामा पछिल्ला दिनमा आवागमन खुकुलो पारिएको छ भने परीक्षणको दायरा घटाइएको छ । चिकित्सकहरुले अहिले नै संक्रमण हटिसकेको ठानेर हेलचक्रयाँई गर्दा अवस्था नियन्त्रण भन्दा बाहिर जान सक्ने तर्फ चिन्ता व्यक्त गर्दै आएका छन् । उनीहरुले बाहिर हिँड्दा अनिवार्य रुपमा मास्क लगाई भौतिक दूरी कायम गर्न तथा साबुन पानीले बेला–बेलामा हात धोइरहन आग्रह गरेका छन् ।