logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बालदिवसको अवसरमा युवा रेडक्रसद्वारा मिष्ठान भोजन


  • उज्यालो अभियान

सुखेपोखरी स्थित बालगृहमा रेडक्रस टोली र बालबालिकाहरु ।
घुर्कौली स्थित बालगृहमा रेडक्रस टोली र बालबालिकाहरु ।

हरिवन – राष्ट्रिय बाल दिवस, २०७७ को अवसरमा हरिवन नगरपालिका स्थित दुईवटा बालगृहमा आश्रीत बालबालिकालाई मिष्ठान भोजन गराईएको छ ।

हरिवन नगरपालिका–५, घुर्कौली स्थित चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृह र हरिवन–९, सुखेपोखरी स्थित सर्भीस फर पिस नेपालद्वारा सञ्चालित बालगृहका बालबालिकालाई मिष्ठान भोजन गराईएको हो । नेपाल रेडक्रस सोसाईटी उपशाखा हरिवन अन्तर्गत युवा रेडक्रस सर्कलले बालगृहमा आश्रीत बालबालिकालाई सोमबार मिष्ठान भोजन गराएको हो । सो अवसरमा दुवै बालगृहका बालबालिकाहरुबीच चित्रकला प्रतियोगिता समेत गराईएको थियो । उत्कष्ट चित्र कोर्ने बालबालिकालाई पुरस्कृत समेत गरिएको रेडक्रसले जनाएको छ ।

यसैबीच घुर्कौली स्थित बालगृहमा सोमबार साँझ बालबालिकाको सहभागितामा दिप प्रज्वलन समेत गरिएको चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिए । दिप प्रज्वलन कार्यक्रममा प्रदेश सांसद् बेची लुंगेलीको समेत उपस्थिती रहेको थियो । ‘बिपतमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको साझा प्रतिबद्धता’भन्ने मूल नारा रहेको थियो ।