logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

बेवारिसे अवस्थामा भेटिएकी युवतीलाई आठ महिनापछि आफन्त पहिचान गरी बुझाइयो


  • उज्यालो अभियान

उद्धार गरिएकी युवती, उनका आफन्त र उद्धारमा संलग्न अन्य व्यक्तिहरु ।

मंलगवा – विगत आठ महिनादेखी सदरमुकाम मलंगवास्थित एक घरमा शरण लिएर बसिरहेकी एक युवतीलाई आइतवार उद्धार गरिएको छ ।

रौतहटको परोहा नगरपालिका–१, निवासी शेष हमिदकी छोरी १८ वर्षिया मैतुम खातुनलाई उद्धार गरिएको हो । आठ महिना अघि घरबाट बहिनीको घर जानलाई निस्कीएकी खातुन बोल्न नसक्ने भएकाले रौतहटको बिर्तामोडमा ओर्लनुपर्नेमा गाडिबाट नओर्लीएका कारण मंलगवा आईपुगेकी थिईन् । त्यसबेलादेखी हराईरहेकी उनको आफन्त तथा परिवारले खोजी गरिरहेको थियो ।

युवतीका परिवारले खोजी गरिरहेको भन्ने थाहा पाई मलंगवामा रहेको तराई मधेश राष्ट्रिय काउन्सिल (टिएमएनसी) का सदस्य ब्रम्हपुरी गाँउपालिका–३, भेल्हीका मनोज कुमार यादवले सोधखोज गर्दा युवतीलाई मंलगवा नगरपाकिलामा आश्रय लिएर बसेको अवस्थामा फेला पारेका थिए । विगत आठ महिना देखीनै मंलगवा नगरपालिका वडा नं.३ का तहसिन राजाको घरमा युवती घरको काम गर्न सहयोग गर्दै आश्रय लिएर बसेको यादवले बताए ।

युवतीको खोजी गर्न यहाँबाट आफूँले सहजीकरण गरिरहेको जानकारी पाएपछि आश्रय दिएका राजाले आफूँलाई फोन सम्पर्क गरि युवतीलाई आफ्नो जिम्मा लगाएका यादवले सुनाए । यादवले आइतवार नै युवतीलाई मंलगवा नगरपालिका ३ का वडाध्यक्षको सिफारिसमा जिल्ला प्रशासन कार्यालय सर्लाहीसँग समन्वय गरि परिवारको जिम्मा लगाएका हुन् ।