logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

लखन्देही खोलामा बालुवा निकाल्दै गरेका ४ वटा ट्याक्टर हरिपुर प्रहरीको नियन्त्रणमा


  • उज्यालो अभियान

हरिपुर प्रहरीले बालुवासहित नियन्त्रणमा लिएको ट्याक्टर ।

हरिपुर – प्रहरीले सर्लाहीको हरिपुर नगरपालिका–९, स्थित लखन्देही खोलामा अवैध किसिमले बालुवा निकाल्दै गरेका ४ वटा ट्याक्टर आज (शनिवार) नियन्त्रणमा लिएको छ ।

अनुमति बेगर खोलामा बालुवा लिन पुगेका ट्याक्टर नियन्त्रणमा लिई कार्यालयमा ल्याइएको ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए । उनले आज शनिवार परेकाले नियन्त्रणमा लिएका ट्याक्टरलाई कारवाहीका लागि भोली (आइतवार) नगरपालिका कार्यालयमा बुझाइने बताए ।

हरिपुर प्रहरीले एक महिनाअघि पनि लखन्देही खोलामा बालुवा निकाल्न पुगेका १० वटा ट्याक्टर नियन्त्रणमा लिएर नगरपालिका कार्यालयमा बुझाएको थियो । असार, साउन र भदौ तीन महिना खोला तथा नदी उत्खनन् गर्न पाइँदैन् । तर पनि जिल्लाका खोला तथा नदीमा लुकिछिपी उत्खनन भइरहेको छ ।