logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

प्रहरी अधिकृतलाई व्यवसायिक बन्न डीआईजीको निर्देशन


  • उज्यालो अभियान

कार्यक्रममा सम्बोधन गर्दै डीआईजी सिंह तथा उपस्थित प्रहरी अधिकृतहरु ।

बागमती – नेपाल प्रहरीका प्रदेश दुई प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धीरज प्रताप सिंहले व्यावसायिक मर्यादा नभुली काम गर्न सर्लाहीका प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन् ।

शुक्रबार बागमतीस्थित सीता प्यालेस होटलमा उनले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख, विभिन्न ईलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीका इन्चार्जहरुलाई त्यस्तो निर्देशन दिएका हुन् । कार्यक्रममा उपस्थित प्रहरी अधिकृतलाई आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी अनुसार मर्यादित भएर काम गर्न डीआईजी सिंहले निर्देशन दिए ।

डीआईजी सिंहले कोरोना संकटका बेला संक्रमणबाट आफू पनि जोगिन र काम गर्दा पनि जोगिएर गर्न निर्देशन दिएको कार्यक्रममा सहभागि एक प्रहरी अधिकृतले बताए । डीआईजी सिंहको ब्रिफिङमा सर्लाही प्रहरीका प्रमुख एसपी सन्तोष सिंह राठौर, ईलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी उद्धवसिंह भाट सहित अन्य ईलाका प्रहरी कार्यालय एवं जिल्ला स्थित सम्पूर्ण प्रहरी ईकाई प्रमुखहरुको उपस्थिती रहेको थियो ।