logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

मुटुमा प्वाल परेकी अन्जनाका परिवारले गरे सहयोगको याचना


  • उज्यालो अभियान

उपचाररत अन्जना मैनाली ।

प्रकाश मैनाली/हरिवन – सलाही हरिवन नगरपालीका–२ अत्रौली निवासि १९ वर्षीया अन्जना मैनाली (गौतम)को मुटुमा प्वाल परेको र प्रसुती सम्बन्धि जटिल समस्या परेर उपचार भईरहेकाले परिवारका सदस्यले आर्थिक सहयोगका लागि याचना गरेका छन् ।

काठमाडौ मेडिकल कलेज सिनामंगलमा भर्ना भयर उपचार गर्दागर्दै मैनालीलाई थप उपचारको लागि शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा थप उपचारका लागि राखिएको छ । अन्जनाका माइती र घर दुवैतर्फको र्आथीक अवस्था अत्यन्त नाजुक भयकाले परिवारका सदस्यले आर्थिक सहयोगको याचना गरेका छन् ।

बच्चालाई घरमा छाडेर सुत्केरी अबस्थामा नै उपचारमा भर्ना भएकी मैनालीको मुटु सम्बन्धी समस्या देखिएपछि थप उपचार गर्न परेको श्रीमान पुण्यप्रसाद गौतमले जानकारि दिए । सहयोग गर्न इछुक व्यक्ति तथा संघ संस्थाहरुले ९८२५८८०७९९ नम्बरमा आफूलाई सम्पर्क गर्न अन्जनाका श्रीमान पुण्यप्रसाद गौतमले आग्रह गरेका छन् । मैनाली सेवा समाजले समेत सहयोग अन्जनाको उपचारका लागि सहयोग जुटाउने अभियान जारी राखेको छ ।