logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मनकारी मनोज निरन्तर समाज सेवामा : नगरभरीका क्लबलाई खेलकुद सामग्री वितरण


  • उज्यालो अभियान

खेलकुद सामग्री हस्तान्तरणपछि सामूहिक तस्बिर खिचाइँदै ।

बयलवास – युवा समाजसेवी मनोज आचार्यले ईश्वरपुर नगरपालिकाभित्रका विभिन्न क्लबहरुलाई खेलकुद सामग्री वितरण गरेका छन् ।

सोही नगरपालिकाकै वडा नं. ३, भक्तिपुर निवासी आचार्यले आफ्नो व्यक्तिगत खर्चमा नगरका सबै क्लबहरुलाई १५० भन्दा बढी फुटबल तथा क्रिकेट र ब्याडमिन्टनका सामग्रीहरु उपलब्ध गराएका हुन् । खेलकुदको माध्यममार्फत समाजमा एकताको भावना विकास र युवाहरुलाई उर्जाशील बनाउन आफूले क्लबहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरेको युवा समाजसेवी आचार्यले उज्यालो अभियानसँग बताए ।

उनकै विशेष सहयोगमा अहिले ईश्वरपुर नगरपालिकाको रामनगर र पोखरी टोलमा जिम क्लब समेत निर्माण भइरहेको छ । आधा दर्जन क्लबको भवन निर्माण कार्य पूरा गर्न पनि आचार्यले सहयोग प्रदान गरेका छन् ।

कोरोना सङ्क्रमणको अवस्था सामान्य हुँदै गएको खण्डमा आफूले व्यक्तिगत लगानीमै आगामी दशैं तीहारमा नगर स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको आचार्यले उज्यालो अभियानलाई जानकारी दिए । प्रतियोगिता आयोजना गर्ने वातावरण भए उनले पहिलो र दोस्रो हुने क्लबलाई क्रमश ः एक लाख र ५१ हजार रुपैयाँ पुरस्कार समेत प्रदान गर्ने घोषणा गरेका छन् ।

यस्तै आचार्यले नगरभित्रका पाँच वटा स्वास्थ्य चौकीलाई औषधि र जिल्लाका एम्बुलेन्स चालकहरुलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) वितरण लगायत कोरोना सङ्क्रमणकै बेला विभिन्न सामाजिक कार्यमा सहयोग प्रदान गरेका थिए ।