logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

जन्मदिनमा केसी दम्पत्तिद्वारा वृद्धाश्रममा खाद्यान्न सहयोग


  • उज्यालो अभियान

खाद्यान्न सहयोग गर्न आश्रममा पुगेका समाजसेवी समिर केसी (हरियो क्यापटोपी लगाएका) लगायत । तस्बिर : उज्यालो अभियान

नवलपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–६, का एक दम्पत्तिले जन्मदिनको अवसरमा वृद्धाश्रममा खाद्यान्न सहयोग गरेका छन् ।

नेपाली काँगे्रसको तर्फबाट वडाध्यक्षको प्रत्यासी समेत रहेका समिर केसी र उनकी पत्नी अर्चना भुर्तेल केसीले लालबन्दी–२, स्थित पद्म–भुवनेश्वरी वृद्धा सेवाश्रम जुटपानीमा २ सय किलो चामल र ५० किलो दाल प्रदान गरेका हुन् ।

श्रीमानको हिजो (सोमवार) र श्रीमतीको आज (मंगलवार) परेको जन्म दिनको अवसर पारी केसी दम्पत्तिले खाद्यान्न सहयोग गरेका आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् । सहयोग प्रदान गर्न काँगे्रसका क्षेत्रीय सभापति प्रमोद बराल पनि आश्रममा पुगेका थिए ।